Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


गाडीभित्रै बेहोस भएका यात्रीको मृत्यु


0
Shares

                                                      प्रतीकात्मक तस्वीर

इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका माडी नगरपालिका–९ का स्थानीयवासी दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा सोमबार मृत्यु भएको हो ।

भट्ट असार २६ गते दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए । माडी नगरपालिका–९ गणेशकुञ्जका भट्ट माडी नगरपालिकामा कामको सिलसिलामा आउँदै गर्दा गाडीभित्रै बेहोस भएका थिए ।

नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको बसन्तपुरमा आइपुग्दा सबै यात्रु झरेपनि उनी नझरेपछि हेर्दा बेहोस देखेर तत्कालै स्थानीय बघौडा अस्पताल पुर्‍याइएको थियो ।

पौडेलका अनुसार उनी एमाले माडी नगर कमिटीका सदस्य थिए । सोही दिन घरमा रोपाइँको समेत तयारी गरिएको उनले बताए ।

तत्कालै उनको उपचारका लागि बघौडा अस्पतालमा पुर्‍याइएकामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । विदेशमा रहेका छोराहरु आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको पौडेलले जानकारी दिए । (रासस)