Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


न्यू डायमन्डलाई होङ्वान्जीको साथ


0
Shares

काठमाडौं, माघ १६ । नेपाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिता न्यू डायमन्ड कपलाई ‘होङ्वान्जी बौद्ध समाज’ले प्रायोजन गरेको छ ।

अर्को वर्ष पुसमा हुने न्यू डायमन्ड कपको तेस्रो संस्करणलाई होङ्वान्जी बौद्ध समाजले प्रायोजन गरेको हो ।

समाजले न्यू डायमन्ड एकेडेमीलाई १५ लाख रुपैयाँको प्रायोजन गर्नेछ । यसवापत प्रतियोगिताको नाम ‘होङ्वान्जी न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल’ हुनेछ ।

प्रायोजनसम्बन्धी सम्झौतापत्रमा बुधबार राजधानीमा न्यू डायमन्ड क्लबका अध्यक्ष सुनकेशरी माली र समाजका नेपाल प्रमुख सोनाम वादी भुटियाले हस्ताक्षर गरे ।

सम्झौतापछि प्रतियोगिताको पुरस्कार रकममासमेत वृद्धि गरिएको छ ।

तेस्रो संस्करणको विजेताले चार लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले तीन लाख एक हजार, तेस्रोले दुई लाख एक हजार र चौथो हुनेले एक लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोकृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।