Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बेसीशहरको बजेट रु अठतीस करोड पचपन्न लाख


0
Shares

नगरप्रमुख गुमानसिंह अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सरकारको गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु २१ करोड ५ लाख १५ हजार, सशर्त पुँजीगत अनुदानमा रु १५ करोड ८१ लाख १७ हजार, संघीय संरचना पूर्वाधार विकास कार्यक्रम पुँजीगतमा रु ४८ लाख र आन्तरिक आयतर्फ रु ८० लाख उल्लेख छ ।

यस्तै, राजश्व बाँडफाँड रजिस्टेसन शुल्कमा रु ३० लाख, प्राकृतिक स्रोतमा रु एक लाख, विद्युत् रोयल्टीमा रु एक लाख गरी कुल रु ३८ करोड ५५ लाख ३२ हजारका अनुमानित आय रहेको छ ।

व्ययतर्फ चालु खर्चमा रु ६ करोड ६ लाख २८ हजार रहेको छ । पुँजीगत खर्चतर्फ वित्तीय समनीकरण अनुदानतर्फ रु १५ करोड ७८ लाख ८७ हजार, सशर्त अनुदानतर्फ रु १५ करोड ८१ लाख १७ हजार, संघीय पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४८ लाख, आन्तरिक पुँजीगततर्फ रु ४१ लाख गरी रु ३२ करोड ४९ लाख चार हजार रहेको छ ।

चालु र पुँजीगत गरी जम्मा रु ३८ करोड ५५ लाख ३२ हजार खर्च हुने अनुमानित बजेट नगरपरिषद्ले पारित गरेको छ ।

नगरसभाबाट नगरपालिकाका १४ वटै वडाको रु ६०/६० लाख बराबरको योजना तथा कार्यक्रम पारित गरिएको छ ।

बजेट प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेँसीशहर नगरपालिकालाई व्यवस्थित र समुन्नत बनाउन सबैको सहयोग र सहकार्यको खाँचो रहेको बताए ।

उहाँले नगरपालिकाको विकासका लागि भौतिक पूर्वाधार, यातायात, सूचना तथा सञ्चार, भवन तथा आवास, शहरी विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन लगायतका क्षेत्रको छुट्टै नीति तथा कार्यक्रम तयार गरिएको बताए । रासस

 

Skip This