Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नदीले कटान गरेको बलौटे जमिनमा परवल खेती गरेर मनग्य आम्दानी


0
Shares

२०५० सालको चाँदीनदीको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सुकुम्पासी बनेका उनीहरुको आफ्नो बलौटे जमिनमा गरेको परवल खेतीले हिजोआज दैनिकी फेरिएको छ ।

अरुको खेती गरेर जीविकोपार्जन गरेर बस्दै आएका उनीहरुको परिवार यतिबेला बलौटे जमिनमा परवलखेतीतर्फ आकर्षित भएका छन् ।

बलौटे जमिनमा प्रशस्त उत्पादन हुने परवल खेती एकपटक लगाएपछि धेरै वर्षसम्म रहिरहने गर्दछ ।

बागमती र चाँदीनदीको कटानमा परेको जमिनमा स्थानीयले परवर खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । यहाँ उत्पादित तरकारी स्थानीय बजारबाहेक अन्यत्र पनि बिक्री हुने गरेको छ ।