६२ वर्ष पुरानो भारतीय कम्पनीका उत्पादन नेपालमा भने करिब ५ वर्षदेखिमात्र भित्रिँदै आएको छ ।
नेपालका लागि अधिकृत विक्रेता बौद्ध इन्टरप्राइजेजले ३० महिनाको ग्यारेन्टीसहित यी ब्याट्री बजारमा ल्याएको हो ।
भारतमा उत्पादन हुने ६० प्रतिशत दुईपांग्रे सवारीहरुमा एम्को ब्याट्रीहरु नै जडान गरिने गरेको कम्पनीको दाबी छ ।
इन्टरप्राइजेजका अध्यक्ष विराज ज्ञवालीले ब्याट्रीमा ३० महिनाको ग्यारेन्टी नेपालमै पहिलोपटक रहेकोसमेत दाबी गरे ।
आफ्ना उत्पादन र सेवाबारे जानकारी दिन कम्पनीले एपसमेत ल्याएको छ ।









प्रतिक्रिया दिनुहोस्