Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा


0
Shares

काठमाडौं । आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो ।

फाइनलमा पुगेसँगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत दिएको छ ।

कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा ईरानलाई पाखा लगाउँदै जापान फाइनलमा पुगेको थियो । फाइनल खेल आगामी शुक्रबार हुनेछ ।