Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


काठमाडौं महानगरको बजेट १० अर्ब ७८ करोड


0
Shares

काठमाडौं महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४/७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ ।

संक्षिप्त विवरणअनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु ६ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण/सःशर्त तथा निःशर्त सबै अनुदान समावेश छ) रहेको छ ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यस्तै, मनोरन्जन करलाई नयाँ कर क्षेत्रकारुपमा राखिएको छ । यसअन्तर्गत् आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत् गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुनेछ । रासस