Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


टेबलटेनिसबाट पहिलोपटक दुई नेपाली खेलाडी ‘ब्रान्ड एम्बासडर’ बन्न सफल


0
Shares

काठमाडौं, माघ १५ । स्ट्याग इन्टरनेसनल कम्पनीले नेपालका दुई टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ बनाएको छ ।

नेपालका नम्बर एक खेलाडीहरु नबिता श्रेष्ठ र स्यान्टु श्रेष्ठलाई स्ट्यागले ब्रान्ड एम्बासडर बनाएको हो ।

विश्वका १०० बढी देशमा नेटवर्क भएको निर्माण कम्पनीले वार्षिक जनही तीन लाख रुपैयाँ दिने सम्झौतासहित नबिता र स्यान्टुलाई नेपालका लागि ब्रान्ड एम्बासडर बनाएको हो ।

स्ट्यागले टेबलटेनिसका उपकरणहरु बनाउँदै आएको छ ।

नेपालमा कुनैपनि टेबलटेनिस खेलाडी ब्रान्ड एम्बासडर बनेको यो पहिलोपटक हो ।

हाल दुई वर्षका लागि खेलाडीहरुको सम्झौता भएको मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल टेबलटेनिस संघले जनाएको छ ।