Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बाँसबारी क्लबलाई स्पार्क हेल्थहोमको साथ


0
Shares

काठमाडौं, माघ १५ । ‘बी’ डिभिजन फुटबल क्लब बाँसबारीलाई स्पार्क हेल्थहोम अस्पताल प्रालिले साथ दिने भएको छ ।

नेपाली खेलकुदको ‘रिह्याबिलिटेसन’ सेवामा योगदान गर्दै आएको स्पार्कले फुटबलमासमेत योगदान दिनका लागि बाँसबारीसँग जोडिएको बताएको छ ।

साझेदारीसँगै क्लबले ‘स्पार्क हस्पिटल बाँसबारी क्लब’को नामबाट फुटबल खेल्नेछ ।

मंगलबार राजधानीमा एक वर्षका लागि मुख्य प्रायोजनमा बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले हस्ताक्षर गर्दै सम्झौतापत्र आदान–प्रदान गरे ।

सम्झौतापछि अस्पतालले बाँसबारीलाई नगद र खेल सामग्रीमा गरी ८ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

यस्तै, खेलाडीको उपचारमा पनि सहुलियत दिने जनाइएको छ ।