Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रुपन्देहीमा साढे ४ अर्ब बजेट फ्रिज


0
Shares

जिल्लाका विकासे अड्डाले समयमै काम नगर्नु, वैशाख र असारमा स्थानीय तहको निर्वाचन पर्नुजस्ता कारण रुपन्देहीमा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीकाअनुसार १९ अर्ब ९२ करोड २१ लाख ९२ हजार ७ सय १७ रुपैयाँ बजेटमा १५ अर्ब ४९ करोड ९३ लाख ९८ हजार १ सय ४४ रुपैयाँ खर्च भएको छ ।

कुल बजेटको ७७ दशमलव ७९ प्रतिशतमात्र रकम खर्च भएको हो ।