Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘पर्यटन, रेल, जलविद्युत्मा लगानी ल्याउनोस्’


0
Shares

सोमबार चेम्बर भवनमा एक कार्यक्रम गरी चेम्बरले पर्यटन, रेल, जलविद्युत्लगायतका क्षेत्रमा लगानी ल्याउन आग्रह गरेको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतीय लगानी बढाउन भूमिका खेल्न राजदूतलाई आग्रह गरेका थिए ।

राजदूत पुरीले दुई देशबीच आर्थिक समृद्धिका लागि निजी क्षेत्रले समन्वयकारी भूमिका खेल्नसक्ने बताए ।

नेपालमा जलविद्युत्को धेरै अवसर रहेको र उत्पादित बिजुलीको ठूलो बजार भारत रहेको भन्दै ऊर्जा उत्पादनमा ध्यान दिन आग्रह गरे ।

व्यवसायीहरुले नेपालमा उत्पादित बिजुली तेस्रो मुलुकमा निर्यात गराउनसक्ने गरी अगाडि बढ्न राजदूतमार्फत् भारत सरकारलाई आग्रह पनि गरेका छन् ।