Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बाग्लुङमा अघिल्लो बर्षभन्दा ३७ प्रतिशत बढी राजश्व


0
Shares

आर्थिक वर्षको असार मसान्तसम्म १८ करोड १७ लाख ६१ हजार २ सय २९ रुपैयाँको राजश्ज संकलन गरेको कार्यालयले जनाएको छ ।

यो कार्यालयले अघिल्लो आर्थिक वर्षमा १७ करोड २५ लाख ९९ हजार ६ सय १ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

करदाता सेवा कार्यालय बाग्लुङलाई आन्तरिक राजश्व कार्यालय पोखराले १४ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

तर पोखराले दिएको लक्ष्यभन्दा २७ प्रतिशत बढी संकलन भएको करदाता कार्यालय बाग्लुङका कर अधिकृत सूर्यप्रसाद चापागाईले जानकारी दिए ।