Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह


0
Shares

आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पेटर्सेनसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री महराले संक्रमणकालको अन्त्यसँगै नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

उक्त मन्त्रालयकाअनुसार राजदूत पेटर्सेनले नर्वेले नेपालमा ऊर्जा क्षेत्रमा लगानी बढाउन चाहेको बताउँदै यहाँको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । रासस