रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा उत्पादित माछा गुणस्तरीय मानिन्छ । यहाँका अधिकांश किसानले माछापालन गरेका छन् ।
स्थानीय किसानले आ–आफ्ना पोखरीमा सानो लगानीमा सुरु गरेको माछापालन व्यवसाय पछिल्लो समयमा क्रमशः विस्तार गर्दै लगेका छन् ।
अहिले छपियामा ठूला–ठूला पोखरी बनाएर माछापालनमा करोडौं लगानी भएको छ । ठूला लगानीमा व्यावसायिक माछापालन सुरु भएसँगै यो गाउँलाई मत्स्य पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न थुप्रै एग्रोफार्म पनि सन्चालनमा आएका छन् ।
यो व्यवसायमा युवाको आकर्षण बढ्दै गएको छ । छपियाको माछाले व्यावसायिकरुपमा फड्को मारे पनि माछाको विकासका लागि नयाँ बीजको व्यवस्था नहुँदा किसानले उन्नत जातको माछा पाल्न नसकेको व्यवसायी टंक ज्ञवाली बताउँछन् ।
छपियाका ९० प्रतिशत घरधुरीले घरायसी प्रयोजनदेखि व्यावसायिक प्रयोजनका लागि माछा पाल्ने गरेका छन् । तर, दानाको सहज व्यवस्था नहुँदा तथा भारतीय माछाको आयात बन्द नहुँदा नेपाली माछा व्यवसायीहरु समस्यामा परेको ज्ञवालीको भनाइ छ ।
छपियामा उत्पादित माछा बुटवल, भैरहवा, परासी, पाल्पा, स्याङ्जासम्म पुर्याएर बिक्री गरिँदै आएको छ ।
कम लगानी र कम मेहनतमा धेरै आम्दानी गर्न सकिने माछापालन व्यवसायलाई किसानको हितमा हुने गरी प्रवद्र्धन गर्न आफूहरुले सहयोग गर्ने सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुले तबाए ।
त्यसैगरी, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले पनि छपियाका माछा प्रवद्र्धनमा सहयोग गर्ने बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।









प्रतिक्रिया दिनुहोस्