Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


मंगलबार २ प्रतिशतले बढ्यो सेयर


0
Shares

यसदिन नेप्से २ प्रतिशत अर्थात् ३४ अंकले बढेर १६ सय ३८ विन्दुमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आयो ।

बिमा समूह सबैभन्दा उच्च ४ सय १६ अंकले बढ्यो । यस्तै, होटल समूह ६१ अंकले, जलविद्युत् ३९ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि २७ अंकको सुधार आयो ।

यसदिन कारोबारमा पनि उच्च वृद्धि आयो । १ सय ५५ कम्पनीको १९ लाख कित्ता सेयर १ अर्ब २१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।