Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


धनकुटामा २ करोड ३८ लाख रुपैयाँ रकम फ्रिज


0
Shares

अघिल्लो बर्ष एक करोड ५५ लाख रुपैयाँ फ्रिज भएको थियो । सबैभन्दा बढी जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको ६५ लाख रुपैयाँ रकम फ्रिज भएको छ ।

त्यसैगरी संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४४ लाख, झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रमको पुँजीगततर्फ ३१ लाख र चालु खर्चतर्पm ३१ लाख रुपैयाँ फ्रिज भएको छ ।

त्यस्तै साना सिंचाई तथा अन्य पूर्वाधार विकास कार्यक्रमको ३० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १४ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ७ लाख, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमबाट ५ लाख, दुई आर्थिक केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमबाट ७ लाख, स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच निर्माणको लागि आएको १ लाख रुपैयाँ बजेट फ्रिज भएको छ ।

जिल्ला विकास समितिले स्वीकृत गरेका योजना तथा कार्यक्रममा स्थानीय उपभोक्ताले समयमै सम्झौता नगर्नु, योजनाहरुको काम समयमै नसकिनु र केही योजना सञ्चालन गर्न उपभोक्ताहरु सम्पर्कमै नआउनु जस्ता कारणले रकम खर्च नभएको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले जानकारी गराएका छन् ।