Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


खोटाङमा ६० प्रतिशत धान रोपाइँ


0
Shares

१५ हजार २०२ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएकामा असार मसान्तसम्ममा करिब ६० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष १४ हजार ८९८ हेक्टरमा धानखेती भएकामा यो वर्ष समयमा नै रोपाइँ सुरु भएको र अनुकूल अवस्था भएका कारण शतप्रतिशत हेक्टरमा धानखेती हुने अनुमान गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए ।

गत वर्षको तुलानामा वर्षात् समयमा भएका कारण यो वर्ष कृषकले असार मसान्तअगावै ६० प्रतिशत रोपाइँ सकेका हुन् ।

जिल्लामा खुमल ४, खुमल ८, मकवानपुर १, हर्दिनाथ, स्वर्णसव १, सुक्खा ५, मनसुली, अटेमार्सी, बर्खे, चिराखे, लौरे, भुटांगे जातका गरी एक दर्जनभन्दा बढी आधुनिक जातका धान लगाइन्छ ।

यो वर्ष खोटाङमा ९० हजार मेट्रिकटन धान उत्पादन हुने लक्ष्य राखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।