भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरे ।
आयोजनाको ५१८ किमि सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमि भारतको सहयोगमा बन्नेछ भने २१८ किमि सरकारले बनाउने सम्झौता भएको थियो ।
यसअघि, भारतकै सहयोगमा १०० किमि सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए ।
२१८ किमि सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो ।
तराईका झापादेखि कन्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।
भारतको सहयोगमा निर्माण हुने २१८ किमि सडकको लागत रु ८ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि ९ ओटा ठेक्का भइसकेको छ ।
तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख मिश्रले बताए । रासस









प्रतिक्रिया दिनुहोस्