बुधबार काठमाडौंमा काष्ठमन्डप पुनःनिर्माण अभियान र उदाय समाजबीच भएको छलफलका सहभागीहरुले दुई वर्षअघि विनाशकारी भूकम्पले ध्वस्त बनाएको काष्ठमन्डपलाई समुदायबाटै बनाउनेसमेत बताए ।
अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जनस्तरबाटै काष्ठमन्डपको पुनःनिर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजका अध्यक्ष रुप ज्योतिले आफ्नो समुदायको तर्फबाट सक्दो सहयोग गर्र्ने र पुनःनिर्माणलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताए ।
सहभागीहरुले पुनःनिर्माणमा काठमाडौं महागरपालिकाले सकारात्मक भूमिका निर्वाह नगरेको र सम्पदाको पुनःनिर्माण ठेक्कापट्टाबाट गर्न नहुने पनि बताएका थिए ।
बेलायतको दुरहम विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा गरेको उत्खनन्काक्रममा काष्ठमन्डपमा पहिलो शताब्दीका संरचनाहरु पाइएको तथा सातौं शताब्दीमा प्यागोडा शैलीको मन्दिरसमेत रहेको प्रमाणित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्