हालसम्म बैंकले उल्लेख्य प्रगति गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सफलता प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाएको छ ।
यस अवधिमा ८५ अर्बको निक्षेप संकलन गरी ७२ अर्ब कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । निस्क्रिय कर्जा शून्य दशमलव ३७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
२०५५ सालमा क्षेत्रीय बैंककोरुपमा विराटनगरबाट बैंकिङ कारोबार सुरु गरेको बैंकले हाल ११९ ओटा शाखाबाट सेवा दिइरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्