Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा


0
Shares

काठमाडौं । इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

युएईमा जारी प्रतियोगिताको सेमिफाइनलमा जापानले अर्को दावेदार टोली ईरानलाई ३–० ले हरायो ।

खेलमा जापानलाई विजयी गराउन युया ओसाकोले दुई गोल गर्दा हारागुचीले एक गोल थपे ।

जापानले अब फाइनलमा आयोजक युएई वा कतारमध्ये एक टोलीको सामना गर्नेछ । युएई र कतारबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ ।