Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


साताको अन्तिम दिन पनि सेयर बजार ऋणात्मक


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले ऋणात्मक रहेर १६ सय ३५ दशमलब सात पाँच कायम भएर थामियो ।

यसदिन कारोबार भएकामध्ये आधा समूह रातो रहे भने आधा हरियो रहे । होटल, जलविद्युत्, वाणिज्य बैंक र विकास बैंक समूह ओरालो लागे ।

होटल र जलविद्युत् समूह दोहोरो अंकले झरे पनि वाणिज्य बैंक र विकास बैंक समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । बिमा, उत्पादनमूलक, वित्त र अन्य समूह सकारात्मक रहे । बिमा समूह ७७ अंकले उकालो लाग्यो । उत्पादमूलक समूह पनि दोहोरो अंकले बढ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको १७ दाख ७५ हजार कित्ता सेयर ९६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।