
जिल्लाभरका छुट मतदाताका लागि सदरमुकाम घोराहीस्थित निर्वाचन कार्यालयमा आएर नाम समावेश गर्न सक्ने व्यवस्था गरिएपछि थामी नसक्नु भीड लागेको हो ।
कार्यालयमा जनशक्तिको अभावका कारण नागरिकले तत्काल सेवा पाउन सकेका छैनन् । नाम लेखाउनका लागि लामो समयसम्म लाइन लाग्नु परेको गुनासो सेवाग्राहीको छ ।
निर्वाचन आयोगले नामावली दर्ता गर्न छोटो समय दिएकाले पनि भीड बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न गाउँगाउँबाट बस रिजर्भ गरेरसमेत सेवाग्राही सदरमुकाम आएका छन् ।
स्थानीय तह निर्वाचनमा दाङका १० स्थानीय तहमा २ लाख ९१ हजार १ सय ७३ जना मतदाताको नाम समाबेश थियो । निर्वाचन आयोगले छुटेका मतदातालाई प्रदेशसभाको निर्वाचनमा मतदानको अवसर दिलाउन साउन १ गतेदेखि १५ गतेभित्र जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम समावेश गर्ने अवसर दिइरहेको छ ।
१६ गतेदेखि साउन मसान्तसम्म भने स्थानीय तहमै पुगेर नामावली संकलन गर्ने व्यवस्था कार्यालयले मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस्