Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


शुक्रबार सुनको भाउ उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर तोलाको ५४ हजार रुपैयाँमा कारोबार भयो ।

सुनको मूल्य बिहीबार तोलामा १ सय रुपैयाँले झरेर तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भयो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५० डलरको हाराहारीमा कारोबार भएको थियो ।