Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अन्तर्राष्ट्रिय उड्डयन संगठनको कालोसूचीबाट नेपाल मुक्त


0
Shares

आइकाओले सन् २०१३ देखि लगाएको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको हो ।

नागरिक उडड्यन प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

बिहीबार आइकाओले कालोसूचीबाट हटाएकोबारे औपचारिकरुपमा जानकारी गराएको थियो ।

आइकाओले नेपाललाई कालोसूचीबाट हटाएपनि इयुको कालोसूचीबाट भने हटेको छैन । यसका लागि नेपालले आवश्यक कागजात पेस गर्नुपर्ने जनाइएको छ ।

आइकाओले कालोसूचीबाट हटाएपछि इयुले पनि हटाउने दाबी गरिएको छ ।

नेपालको हवाई सुरक्षा सुधारसम्बन्धी अध्ययन गर्न गत असार २० गते दुई सदस्यीय अडिटर टोली काठमाडौं आएको थियो ।

उक्त टोलीले बिहीबार आइकाओको मुख्यालय क्यानडामा बैठक गरी नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौमतले जानकारी गराए ।

योपटकको हवाई उडान सुरक्षा सम्परीक्षणबाट नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदन्ड परिपालना दर औषतभन्दा बढ्न गएको पनि जानकारी गराइएको छ ।