Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कञ्चनपुरमा छिनछिनमै विद्युत् कटौती, लोडसेडिङ मुक्त गराउन माग


0
Shares

-डिल्लीराज पन्त/ईमेज

केहि दिन यता एकातिर एक्कासी गर्मी वढिरहेको छ भने अर्का तर्फ अनियमित विद्युत आपुर्तिका कारण सर्वसाधारणले हैरानी बेहोर्नु परिरहेको छ ।

विभिन्न संकायमा परीक्षा चलिरहेका वेला विद्यार्थीहरु समेत आक्रान्त वनिरहेका छन ।

नेपाल विद्युत प्रधिकरण महेन्द्रनगर वितरण केन्द्रमा विभिन्न विद्यार्थी संगठन, विभिन्न क्षेत्रवाट आएका सर्वसाधारण लगायतले कञ्चनपुर जिल्लालाई पूर्ण लोडसेडिङ्ग मुक्त गराउन माग गरेका छन् ।

अनियमित विद्युत कटौति विरुद्ध पटक पटक धर्ना जुलुस आन्दोलन गर्दा समेत विद्युत प्राधिकरणले अनियमित रुपमा मनपरी ढङ्गबाट विद्युत कटौतीलाई निरन्तरता दिईरहेको आरोप बिद्यार्थी संगठनको छ ।

छिनछिनमा विद्युत आपुर्ति बन्द भैदिंदा घरमा प्रयोग भईरहने ईलेक्ट्रोनिक सामान बिग्रिने, खेतवारीका लागी सिंचाई गर्नेलगायतका समस्याका कारण सर्वसाधारण मारमा परेको अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाचन्द्र गिरी बताउँछन् ।

अनियमित र अत्याधिक लोडसेडिङ्ग भइराखेकाले प्रधिकरणले सात दिन भित्र माग सम्बोधन नगरे विद्युत प्राधिकरण बिरुद्ध आन्दोलन गर्ने चेतावनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रकान्त भट्टको भनाई छ ।

अहिले भैरहेको विद्युत कटौति प्रधिकरणकै कमजोरीका कारण भईरहेको नेपाल विद्युत प्राधिकरणका सहायक प्रशासकीय अधिकृत गणेश दत्त जोशीको स्विकारोत्ती छ ।

देशका अधिकांस क्षेत्र लोडसेडिङ मुक्त भईसकेका बेला कञ्चनपुरमा भने सर्वसाधारणले विगत लामो समयदेखी समस्या बेहोर्दै आईरहेका छन ।