Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुनको भाउ ४ सयले उकालो लाग्यो, चाँदी १० रुपैंयाँले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५४ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि ३ सयले उकालो लागेर ५४ हजारमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।