-रविन ठकुरी/राजेन्द्र नापित
आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि महासंघले वर्तमान कार्यकालको एक सय दिन पूरा भएको अवसरमा हालसम्म भएका कामको समीक्षा र भावी योजनाबारे जानकारी गराएको हो ।
महासंघकी अध्यक्ष भवानी राणाले वर्तमान कार्यकारिणी समिति महासंघको संस्थागत विकास तथा प्रशासनिक सुधार, नीतिगत सुधारमा पहल पैरवी, आर्थिक कुटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, अनि नविनतम कार्यक्रम मार्फत समग्र निजी क्षेत्रको क्षमता विकास एवं सेवा विस्तारमा लागि परेको दाबी गरे ।
महासंघले विभिन्न योजना अन्तर्गत् प्रतिनिधि सहयोग सञ्जाल योजनाको ल्याएको जनाएको छ ।
महासंघले ‘प्रतिनिधि सहयोग सञ्जालसञ्चालनमा ल्याएको छ ।
महासंघका योजनालाई आउने दिनमा अझ प्रभावकारी ढंगले अगाडी बढाइने उपाध्यक्ष शेखर गोल्छाले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्