Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेप्से १६ सय २९ कायम भएर थामियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंक बढीले ओरालो लागेर १६ सय २९ कायम भएर थामियो ।

कारोबार भएकामध्ये बढिजसो समूह ओरालो लागेसँगै नेप्से झरेको हो । होटल, वाणिज्य बैंक, विकास बैंक, जलविद्युत् र अन्य समूह ओरालो लागे । होटल समूहमा सबैभन्दा उच्च २६ अंकको गिरावट आयो । वाणिज्य बैंक समूह पनि १५ अंकले झर्‍यो ।

बिमा, उत्पादनमूलक र वित्त समूह भने उकालो लागे । बिमा समूह १ सय अंकले र उत्पादनमूलक समूह पनि करिब ४० अंकले बढ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीको १७ लाख ४० हजार कित्ता सेयर १ अर्ब ६ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।