Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


ज्योति विकास बैंकले लघुवित्त तथा कृषिमा लगानी गर्ने


0
Shares

बैंकको नवौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरले ज्योति लघुवित्त सेवा तथा कृषि लगानीबाट उक्त क्षेत्रमा काम गर्ने जनाएका हुन् ।

बैंकले जलवायु परिवर्तनका असरहरु न्यूनीकरण गर्ने उपायस्वरुप जलविद्युत् उत्पादन क्षेत्रहरुमा ज्योति लघुवित्त सेवा तथा कृषि लगानी विस्तार गर्न लागिरहेकोसमेत जनाइएको छ ।

झिमरुक विकास बैंकलाई प्राप्तीपछि बैंकले चुक्तापुँजीमा १ अनुपात १ को दरले हकप्रद सेयर जारी गरिसकेको छ ।

राप्ती भेरी विकास बैंक प्राप्ती र बोनस सेयर वितरणपश्चात तोकिएबमोजिम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने पनि बैंकले जनाएको छ ।

१ प्रतिशतको हाराहारीमा निस्क्रिय कर्जा सीमित गरेको बैंकले २०७४ असार मसान्तसम्ममा २५ करोड रुपैयाँ बराबर खुद नाफा गरेको जनाएको छ ।