Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नोभाक जोकोभिचले सातौं पटक हासिल गरे अष्ट्रेलियन ओपनको उपाधि


0
Shares

काठमाडौं, माघ १३ । वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि विश्व नम्बर सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।

फाइनलमा विश्व नम्बर दुई स्पेनिश खेलाडी रफाइल नदाललाई पराजित गर्दै जोकोभिचले कीर्तिमानी सातौं पटक उपाधि जितेका हुन् । अहिलेसम्म सात पटक कुनै पनि खेलाडीले अष्ट्रेलियन ओपन जित्न सकेका छैनन् ।

यसअघि पूर्व विश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडेररले ६ पटक यो उपाधि जितेका थिए । 

जोकोभिचले नदाललाई ६–३, ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । जोकोभिचको यो समग्रमा १५ औं ग्रान्डस्लाम उपाधि हो । जोकोभिचभन्दा अगाडि फेडेरर र नदालमात्र छन् । फेडेररले २० वटा तथा नदालले १७ वटा ग्राण्डस्लाम जितेका छन् । फेडेरर भने यसपटक प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।