पछिल्लो एक वर्षमा करिव डेढ लाख पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा विदेशी र स्वदेशी गरी कुल १ लाख ३९ हजार १ सय २५ जनाले निकुञ्ज अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
जसमा तेस्रो मुलुकका ८७ हजार १ सय ९०, सार्क मुलुकका १५ हजार ८ सय ७९ र ३६ हजार ५६ जना स्वदेशी पर्यटक रहेका छन् ।
यसअघि २०७२ सालको भूकम्पपछि चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेको संख्यामा कमी आएको थियो ।
तर पछिल्लो वर्षमा विस्तारै पर्यटकको संख्यामा वृद्धि भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका जनावर अवलोकन गर्न पर्यटकहरु पुग्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्