विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इन्टरनेसनल सिमेन्ट, काठमाडौं स्टील, ॐ गणपति इन्डष्ट्रिज प्रालिलगायत छन् ।
विभागका प्रवक्ता रोमी मानन्धरले प्रक्रिया पुर्याएर ल्याइएका कम्पनीबाट उत्पादित वस्तुलाई सहजै एनएस चिह्न प्रदान गरिएको बताए ।
एनएस चिह्न पाउनका लागि कुनैपनि कम्पनीले आफ्नो कम्पनीको आधिकारिक कागजातसहित विभागमा निवेदन दिएपछि र उत्पादित वस्तुलाई विभागमा ल्याएर गुणस्तर नाप्ने र फेरि निरीक्षण गरेपछि एनएस चिह्न प्रदान गर्ने गरिन्छ ।
नेपाली उत्पादनमध्ये हालसम्म २१० वस्तुले एनएस चिह्न प्राप्त गरिसकेका छन् ।
एनएस चिह्न लिएपनि समयमा नवीकरण नगरेका कारण केही वस्तुका एनएस चिह्न खारेज गरिएको विभागले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्