Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


काठमाडौंलाई केरुङसम्म जोड्ने छहरे–टोखा बाटोको बिजोग (भिडियो)


0
Shares

काठमाडौंतर्फकै बाटोको अवस्था सबैभन्दा बढी बिग्रिएको हो । नुवाकोट लागेपछि पनि सडकको अवस्थामा कुनै सुधार भएको छैन ।

ठेकेदार कम्पनीको चरम लापरबाहीले यात्रीले सास्ती खेप्नुपरेको सरोकारवालाहरुको भनाइ छ ।

हिलोमा गडेको गाडीलाई निकाल्न र ठेल्नु टोखा, झोरवासीको दैनिकी नै बनेको छ । रसुवा–केरुङलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मानिने यो बाटो हरेक वर्षामा यस्तै नियति व्यहोर्दछ ।

हिलाम्मे अनि ठूला–ठूला भ्वाङ परेको सडक मर्मत नगर्दा दर्जनौं गाडी फस्ने गरेका हुन् ।

गाडी फसेपछि अत्यासलाग्दो पर्खाइमात्र होइन, अब त यो बाटोमा गाडी चलाउन नै निकै जोखिम भएको चालक बताउँछन् ।

एम्बुलेन्स फस्दा गर्भवतीले गाडीमै शिशु जन्माउने, बिरामीले उपचार नपाएर मर्नुपर्ने र यात्री अलपत्र पर्नु यो बाटोमा सामान्य घटनाजस्तै भएको छ । यही बाटोले काठमाडौंलाई चीनको केरुङसम्म जोड्दछ । जुन हाल प्रयोगमा आएका वैकल्पिक मार्गमध्ये छोटो हो ।

बाटोको यो हविगत हुनुमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी कालिका समानान्तर जेवीको चरम लापरबाही रहेको स्थानीयको गुनासो छ ।

१८ महिनामा बनाइसक्नुपर्ने सडक १६ महिना बित्दा ३० प्रतिशत पनि काम भएको छैन ।

ठेकेदार कम्पनी र सडक विभागलाई पटक–पटक दबाब दिँदा पनि बाटो नबनेको स्थानीय बताउँछन् ।

भिडियो हेर्नुहोस्