Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ माघ चौथो साता


0
Shares

काठमाडौं, माघ १३ । लौहपुरुष गणेशमान सिंहको स्मृतिमा माघ चौथो साता राजधानीमा ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ आयोजना हुने भएको छ ।

गणेशमान सिंह फाउन्डेसनले माघ २२ देखि २६ गतेसम्म आयोजना गर्न लागेको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागीता रहने छ । 

आयोजकले पत्रकार सम्मेलन गरी पुरुषतर्फ ८ र महिलातर्फ ६ तौल समूहमा हुने प्रतिस्पर्धामा एक सय ४० खेलाडीले सहभागिता जनाउने बताएको छ । खेलाडी सहभागिताका लागि प्रदेश छनोट भइसकेको छ । गणेशमान सिंहका नाममा यसअघि दुई संस्करण योङ स्टार क्लबले खुला बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो ।