Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बूढीगन्डकी गेजुवालाई दिने निर्णयप्रति आपत्ति, विज्ञहरु भन्छन्–‘नेपाल आफैंले बनाउनुपर्छ’


0
Shares

व्यवस्थापिका–संसदअन्तर्गत्को लेखा समितिको बुधबार बसेको बैठकमा विज्ञहरुले नेपालको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साहित बनाउन र वैदेशिक लगानी भित्र्याउनसमेत बूढीगन्डकी जलविद्युत् आयोजना नेपाल आफैंले बनाउनुपर्ने बताए ।

जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बूढीगन्डकी आयोजना नेपाल आफैंले बनाउनुपर्ने भन्दै जलविद्युत् आयोजनामा लगानी गर्न नेपालमा धेरै वित्तीय संस्थाहरु सक्षम रहेकाले आफ्नै स्रोतको परिचालन गर्नुपर्ने धारणा राखे ।

अर्का जलस्रोतविद् रामहरि कोइरालाले बूढीगन्डकी जलविद्युत् आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय मुलुकको हितमा नरहेको बताए ।

उनले सरकार र निजी क्षेत्रको लगानीमा सो आयोजना निर्माणको काम सम्पन्न गर्न सकिने पनि स्पस्ट पारे ।

समितिका सदस्यहरुले १२०० मेघावाट क्षमताको बूढीगन्डकी आयोजनाको निर्माण गर्ने काम चीनको गेजुवा कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णयको आलोचना गरेका थिए ।