Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बुधबार सेयर बजारमा सुधार, कारोबार पनि सवा अर्ब माथि


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले उकालो लागेर १६ सय ४५ कायम भएर थामियो । कारोबार पनि सवा अर्ब माथि पुग्यो ।

वाणिज्य बैंक र जलविद्युत् समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । बिमा समूहमा ३ सय ९ अंकको उच्चवृद्धि आयो । उत्पादनमूलक समूह ३५ अंकले र होटल समूह पनि २५ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५६ कम्पनीको २५ लाख ३५ हजार कित्ता सेयर १ अर्ब २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।