राजश्वसचिव ढुंगानासँगको भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकको ब्याजदर बढिरहेकोप्रति ध्यानाकर्षण गराए ।
श्रेष्ठले सात प्रतिशतमा सीमित बैंकको ब्याजदर बढेर अहिले १७ प्रतिशतसम्म पुगेको भन्दै यसले व्यापारीलाई मर्कामा पारेको बताए ।
वाणिज्यसचिव उपाध्यायसँंगको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले हाल ड्राफ्ट अवस्थामा रहेको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकअनुसार कानुन बनेमा व्यापार–व्यवसायलाई चौपट पार्ने गुनासो गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्