Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


राजस्व संकलन २६ प्रतिशतले वृद्धि


0
Shares

यो यस वर्षको लक्ष्यको तुलनामा १११ प्रतिशतको प्रगति भएको र गत वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

शीर्षकगतरूपमा हेर्दा आयकरतर्फ रु. १ खर्ब ४८ अर्ब २३ करोड, मूल्य अभिवृद्धि कर रु. ६१ अर्ब १२ करोड र अन्तःशुल्कतर्फ रु. ४७ अर्ब २१ करोड बराबर संकलन भएको जनाइएको छ ।

त्यसैगरी, शिक्षा सेवा शुल्क रु. ७३ करोड ९७ लाख र स्वास्थ्य सेवा कर रु. ८६ करोड ३३ लाख संकलन भएको जनाइएको छ ।

विभाग आर्थिक वर्ष २०७३/७४ को वार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको छ ।

बुधबार विभागमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा महानिर्देशक किशोरजंग कार्कीले विभागलाई चालू आर्थिक वर्षका लागि करिब ३०० अर्ब राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले सो चुनौती पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागि पर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।