Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने


0
Shares

                                                                                  फाइल फोटो
भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सवस्टेसनमा नियमित मर्मत–सम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो ।

सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मत–सम्भार शनिबारसम्म हुनेछ ।

प्राधिकरणले वीरगन्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ ।

शुक्रबार (आज)देखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटौंडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

प्रसारण प्रणालीमा सुधार तथा प्रसारणलाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको जनाइएको छ । रासस