Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


निर्माणाधीन आयोजनाहरु समयमै पूरा गर्न सहरी विकासमन्त्रीको निर्देशन


0
Shares

शुक्रबार वीरगन्जमा विभिन्न आयोजनाहरुको निरीक्षण गर्दै मन्त्री साहले यस्तो निर्देशन दिएका हुन् ।

ठेकेदारको इच्छाअनुसार निर्माण आयोजनाहरु सम्पन्न गर्न ढिलाइ गर्ने प्रवृत्ति कुनैपनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो ।

निर्धारित् समयतालिकाभन्दा विलम्ब भएका करिब सात अर्ब रुपैयाँ लगानीका पाँचओटा ठूला र महत्वपूर्ण आयोजनाहरुको उनले अनुगमन गरेका थिए ।

त्यसैगरी, वीरगन्जमा निर्माणाधीन ५० करोड रुपैयाँ लागतको फोहारमैला व्यवस्थापन केन्द्रको काम पनि बेलैमा सम्पन्न गर्न ठेकेदारलाई उनले निर्देशन दिए ।