असिना र हावाहुरीले तरकारी बाली नष्ट भए पनि जिल्लाका तरकारी उत्पादक कृषक बिमा कम्पनीले बिमा बापतको रकम भुक्तानी नदिँदा किसानहरु थप पीडित भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय पाँचथरको समन्वयमा नेको इन्स्योरेन्समार्फत् लाखौंको बिमा गराए पनि बिमा दाबी भुक्तानी नपाएको कृषकको गुनासो छ ।
जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याक अनुसार गतवर्ष पाँचथरका २८ किसानले ४३ लाख ७९ हजार रुपैयाँ बराबरको बाली बिमा गराएका थिए ।
ती किसानले लगाएको बालीमा असिना र हावाहुरीले क्षति पुर्याएपछि बिमा वापतको रकम माग गरेका थिए ।
तर माग गरेको एक वर्ष बितिसक्दासम्म भुक्तानी नपाएको गुनासो उनीहरुको छ ।









प्रतिक्रिया दिनुहोस्