Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


ग्रामीण पर्यटन विकासका लागि एकजुट हुन उपराष्ट्रपति पुनको आह्वान


0
Shares

२१ औं गाउँ पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन विकास मञ्च-भिटोफ नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालको जीवित संस्कृति तथा जैविक विविधतामार्फत् पर्यटन प्रवद्र्धनतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई आग्रह गरे ।

यस्तै पूर्व पर्यटनमन्त्री लोकेन्द्रबहादुर बिष्टले पर्यटन प्रवद्र्धनका लागि आन्तरिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । गाउँ विकासका लागि कृषि र होमस्टे जरुरी रहेको बिष्टको भनाइ थियो ।

त्यस क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिले नेपालमा गाउँ पर्यटनको अथाह सम्भावना भए पनि अहिलेसम्म त्यसलाई सोचेअनुसार विकास गर्न नसकिएको औंल्याएका थिए ।

कार्यक्रममा भिटोफ नेपालले कास्कीको ह्याङ्जाकोटलाई यो वर्षको उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषणा गरेको छ ।