Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सहकारीका माध्यमबाट गरिबी निवारण सम्भव : मन्त्री बस्नेत


0
Shares

नेपाल महिला संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले सहकारीको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सहकारीका माध्यमबाट गरिबी निवारण सम्भव हुने उनको भनाइ थियो ।

मन्त्री बस्नेतले सहकारीहरु सहरकेन्द्रित भएको भन्दै ग्रामीणमुखी बनाउन पहल थाल्ने बताइन् ।

कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष उर्मिला रेग्मीलगायतले महिलाको सीप र क्षमता अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहन सहकारीहरुलाई सुझाव दिइन् ।

कार्यक्रममा महिला संघकी पूर्वअध्यक्षसमेत रहेकी मन्त्री बस्नेतलाई बधाइ ज्ञापन गरिएको थियो ।