Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सेयर बजार सकारात्मक, कारोबार अर्ब नाघ्यो


0
Shares

बजार परिसूचक नेप्से ९ अंक बढीले उकालो लागेर १६ सय ५२ पुग्यो । कारोबार पनि अर्ब नाघ्यो ।

यसदिन बिमाबाहेक अरु सबै समूह उकालो लागे । होटल समूहमा सबैभन्दा उच्च १ सय ६१ अंकको वृद्धि आयो । उत्पादनमूलक समूह ४६ अंकले उकालो लाग्यो । जलविद्युत् समूह पनि ३१ अंकले बढ्दा वित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो । अरु समूह सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको १६ लाख ५६ हजार कित्ता सेयर १ अर्ब ५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।