Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


दशैं खर्च जुटाउन भारत जाने नेपालीको लर्को, दैनिक १५ सय बाहिरिंदै


0
Shares

दशैं तिहारजस्ता पर्वका लागि खर्च जुटाउन उनीहरु रोपाइँ सकिने बित्तिकै भारत जान लागेका हुन् ।

गड्डाचौकी र गौरीफण्टा नाकामा पटके रोजगारीका लागि भारत जानेहरुको लामो लर्काे देखिन्छ ।

खेतीपातीको काम सकिएपछि भारतका विभिन्न शहरमा गएर साउन र भदौ २ महिना रोजगारी गरी दशैंमा घर फर्कने अधिकांश किसानको वार्षिक कार्यतालिका जस्तै बनेको छ ।

दशै खर्च जुटाउने उद्देश्यले कैलाली र कञ्चनपुरका अधिकांश किसान रोपाई सकिएपछि सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गरेका छन् ।

खेतीपातीमा मात्रै निर्भर हुँदा परिवारको खर्च चलाउन समस्या हुने भएकाले उनीहरु मजदुरी गर्न भारत जाने गरेका हुन् ।

गौरीफन्टा नाकाहुँदै दैनिक १ हजार ५ सयभन्दा बढी नेपालीहरु भारतका विभिन्न शहरमा जाने गरेका छन् ।