Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा


0
Shares

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा आर्सनललाई ३–१ गोलले हराउँदै युनाईटेड पाँचौ चरणमा पुगेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक–एक गोल गरे ।

आर्सनलका पेरिक एम्रिक आबुमियाङले सान्त्वना गोल फर्काए ।

योसँगै अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाईटेड लगातार ८ खेलमा जित निकाल्न सफल भएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीले बोल्टनलाई २–१ गोल अन्तरले हराएर पाँचौ चरणको यात्रा तय गरेको छ ।