१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जिसस पर्वतमा एमालेको पूरै समूह विजयी


0
Shares

मंगलबार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै यामकुमारी राना विजयी भएकी छन् । उनले पनि ८ मत प्राप्त गरेकी छन् । उपप्रमुखका कांग्रेस उम्मेदवार लालकुमारी सिकेले ६ मत प्राप्त गरेकी छन् ।

समन्वय समितिका अन्य सात सदस्य पद पनि एमाले नै जितेको छ । विजयी सदस्यमा ज्ञानबहादुर भण्डारी, विष्णुराम विक, कविता विक, नन्दलाल सुवेदी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र शर्मिला नेपाली रहेका छन् ।

समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए ।

पर्वतका सात स्थानीय तहमध्ये चारमा एमाले विजयी भएको थियो भने तीनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

समन्वय समितिको चुनावमा पनि एमाले उम्मेदवारको पक्षमा ८ र कांग्रेस उम्मेदवारको पक्षमा ६ मत खसेको हो ।

विजयी भएका उम्मेदवारको शपथ तथा पदभार ग्रहणसमेत मंगलबारै सम्पन्न हुने भएको छ ।

निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै समन्वय समितिका संयोजक पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । रासस