Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


खाना पकाउने ग्यासको मूल्य घट्यो


0
Shares

निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताए । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उनले जानकारी दिए ।

नयाँ मूल्यसूची मंगलबार (आज) राति १२ बजेदेखि लागू हुनेछ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । प्रवक्ता पोखरेलले भने, ‘अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन ।’

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ । रासस