
सर्वोच्च अदालतले दुई महिना लामो विवाद टुंगो लगाउँदै पुनः मतदान गर्न आदेश दिएपछि स्थानीय वासिन्दाको अन्योल पनि हटेको छ ।
सँगै चुनाव भएका स्थानीय निकायमा काम सुरु भइसक्दा पनि अन्योलमा बस्न बाध्य उनीहरुमा छिट्टै जनप्रतिनिधि पाउने आशा जागेको छ । अब निर्धक्क भएर कसैको लोभ–लालचमा नपरी भोट हाल्न जानुपर्ने मतदाताहरुको भनाइ छ ।
मतपत्र च्यातिएपछि निर्वाचित घोषित भइसकेका अन्य वडाका प्रतिनिधिलेसमेत काम गर्न पाएका छैनन् ।
सर्वोच्चको आदेशपछि जिल्ला निर्वाचन कार्यालयले प्रक्रिया अघि बढाइएसकेको छ भने वडा नम्बर–१९ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्लाका सुरक्षा निकायले वडा नम्बर–१९ को निरीक्षणसमेत गरिसकेका छन् ।
१९ नम्बर वडामा ३ हजार ७९७ जना मतदाता रहेका छन् । वैशाख ३१ को निर्वाचनमा यस वडामा कुल २ हजार ८९७ मत खसेको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्